
काठमाडौं, जेठ २९ । शुक्रबारदेखि राजधानीमा तेस्रो राष्ट्रिय लोकवार्ता कंग्रेस आयोजना हुँदैछ ।
लोकवार्ता तथा संस्कृतिको अध्ययनमा काम गर्दै आएको संस्था नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा आगामी शुक्रबार र शनिबार तेस्रो राष्ट्रिय लोकवार्ता कंग्रेस हुन लागेको हो ।
संस्थाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे विस्तृत् जानकारी गराएको हो ।
सम्मेलनमा लोकवार्ता तथा अभौतिक सांस्कृतिक सम्पदा, विकासका सन्दर्भहरु, सिर्जनात्मक लेखनलगायतका विषयमा गहन छलफल हुने समाजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्