१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


बुधबार नेप्से झर्‍यो


0
Shares

काठमाडौं, जेठ २९ । बुधबार सेयरबजार पुनः ऋणात्मक रह्यो ।

यसदिन सेयरबजार परिसूचक नेप्से साढे ३ अंकले ऋणात्मक रहेर १२ सय ७२ विन्दुमा आइपुग्यो ।

अघिल्लो दिन पुँजीबजार झिनो अंकले हरियो रहेको थियो ।

यसदिन व्यापार, होटल र अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो ।

यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६१ अंकले झर्‍यो भने व्यापार समूहमा करिब १२ अंकको सुधार भयो ।

यसदिन १७४ कम्पनीका १८ लाख ७१ हजार कित्ता सेयर ५० करोड २६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।