
काठमाडौं, जेठ २९ । गुठी विधेयकविरुद्ध बुधबार कीर्तिपुरमा प्रदर्शन भएको छ ।
कीर्तिपुरवासीले लोकतान्त्रिकचोकमा विधेयकको प्रतिलिपि जलाएर विरोध गरेका हुन् ।
स्थानीय युवा र ज्येष्ठ नागरिकहरुकोसमेत सहभागिता रहेको प्रदर्शनका सहभागीहरुले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए ।
त्यसअघि, कीर्तिपुरको पाँगाबाट सुरु भएको विरोधजुलुस ऐतिहासिक बागभैरव मन्दिरलगायत क्षेत्रको परिक्रमा गरी नयाँबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बुधबार साँझ नै काठमाडौंको न्यूरोडमा गुठी विधेयकको विरोधमा मैनबत्ती बालेर विरोध प्रदर्शन गरिएको छ ।
विरोधजुलुस न्यूरोडबाट सुरु भएर कुमारीको रथ परिक्रमा गर्ने स्थान हुँदै पुनः न्यूरोडमै पुगी विरोधसभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्