
काठमाडौं, जेठ २९ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पनि प्रस्तावित गुठी विधयेकको विरोध गरेका छन् ।
बुधबार काठमाडौंको मखनस्थित तारिणी भवानीको ११९३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘नेपालको मौलिक धर्म र संस्कृति नस्ट गर्न सरकारले गुठी विधयेक ल्याएको हो’–भने ।
मेलम्ची ल्याएर जनतालाई सुख दिनुभन्दा पनि सरकारले देशको पहिचानसँग गाँसिएको गुठी प्रणालीको नस्ट गर्न खोजेर दुःख दिएको बताए ।
नेपाल देव भूमि हो भन्दै जोशीले यहाँ विभिन्न देवी–देवता र शक्तिहरुकोसमेत बास रहेकाले धर्म, संस्कृति नस्ट गर्नेहरुले ढिलोचाँडो परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए ।
सो अवसरमा उनले तारिणीदेवी मन्दिरको संरक्षण गर्नेहरुलाई सम्मानसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्