१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


‘लोकसेवाको विज्ञापन स्थगित गर्न समितिले दिएको निर्देशनमाथि तत्काल छलफल हुँदैन’


0
Shares

काठमाडौं, जेठ २९ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन स्थगित गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमाथि आयोगमा तत्काल छलफल नहुने बताएका छ ।

बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा शर्माले समितिको पत्र आयोगले प्राप्त गरिसकेको र आयोगको बैठक बसेरमात्रै त्यसमा आधिकारिक प्रतिक्रिया दिन सकिने बताए ।

५५५ स्थानीय तहबाट कर्मचारी पदपूर्तिका लागि आएको मागबमोजिम सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगमार्फत् विज्ञापन खुलाएको भन्दै शर्माले ‘समावेशी भएन भन्ने कुरा निराधार हो’–भने ।