१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


टिपरको ठक्करबाट पत्रकारको मृत्यु


0
Shares

सुर्खेत, जेठ २९ । टिपरको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ ।

बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव गेलाङको घटनास्थलमै मृत्यु भएको हो ।

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाइँले जानकारी दिए ।

ठक्करलगत्तै टिपरचालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।