१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


धरानमा गुठी विधयेकको विरोध


0
Shares

सुनसरी, जेठ २९ । गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै धरानमा विरोध प्रदर्शन भएको छ ।

बुधबार गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्च नेपालले प्रदर्शन गरेका हुन् ।

धरानको लोकपथदेखि भानुचोकसम्म विरोध जुलुस निकालेर भानुचोकमा कोणसभा गरिएको थियो । विरोधसभाका वक्ताहरुले विधेयक खारेजीको माग गरेका थिए ।

उनीहरुले आदिवासीहरुको पुस्तौंदेखिको संस्कृति विधेयकका कारण नस्ट हुने खतरा बढेको औंल्याए ।