
काठमाडौं । संघीय संसदअन्तर्गतको महिला तथा सामाजिक समितिकोे बैठकमा महिला अधिकार र समाजिक न्यायको बारेमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् ।
समाजमा पछिल्लो समय सामाजिक दायित्वबोध घट्दै गएको र युवाहरु पलायनका कारण सामाजिक समस्या देखा पर्न थालेको भन्दै सांसदहरुले चिन्ता प्रकट गरेका छन् ।
सांसद अमृता थापाले समाजमा जेष्ठ नागरिकको सम्मान हुन नसकेको प्रसंग उल्लेख गर्दै उनीहरुको सामाजिक सुरक्षामा समितिको ध्यान जानु पर्ने सुझाव दिए ।
अधिकारका कुरा धेरै हुने गरेको तर, कार्यान्वयनमा आउन नसकेको गुनासो सांसदहरुको थियो ।
महिला अधिकार, ज्येष्ठ नागरिकका अधिकार र सामाजिक उत्तर दायित्वका बिषयमा धेरै छलफल भए पनि निश्कर्षमा पुग्न नसेको उनको भनाई थियो ।
समितिकी सभापति निरु पालले अधिकार र न्यायका कुराहरुलाई समानताका आधारमा छलफलबाट टुंगोमा पुर्याइने बताए ।
प्रतिक्रिया दिनुहोस्