१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


कैलाली र कञ्चनपुरमा आज फेरि हावाहुरीसहित वर्षा


0
Shares

कैलाली । कैलाली र कञ्चनपुर जिल्लामा आज फेरि हावाहुरीसहित वर्षा भएको छ ।

आज बिहानैदेखि सुरु भएको हावाहुरीसहितको वर्षाले जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

गत बिहीबार पनि कैलाली आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी घाइते भएका थिए ।

त्यसैगरी कञ्चनपुरमा पनि बिहीबार आएको हावाहुरीमा २५ जनाभन्दा बढी घाइते भएका थिए । हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको थियो ।

पीडितहरुले राहतसमेत नपाइरहेको अवस्थामा आज पुनः हावाहुरीसहितको वर्षा भएपछि जनजीवन झन् प्रभावित भएको स्थानीयले बताएका छन् ।