सिन्धुपाल्चोकमा सुत्केरी हुन नसकेकी गर्भवतीको उद्धार • Image Khabar Image Khabar


सिन्धुपाल्चोकमा सुत्केरी हुन नसकेकी गर्भवतीको उद्धार


Imagekhabar
२३ श्रावण २०७७, शुक्रबार ०९:४५

सिन्धुपाल्चोकमा सुत्केरी हुन नसकेकी गर्भवतीको उद्धार

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर–६ थाङ्पालधापकी एक गर्भवतीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

गाँउपालीकाका विभिन्न स्थानमा पहिरोका कारण मोटर बाटो अबरुद्व भएपछि उन्लाई हेलिकोप्टर मार्फत उद्धार गरीएको हो ।

स्थानीय स्वास्थ्य चौकिमा भर्ना गरीएकी ३४ वर्षीय गर्भवती पासाङ लामालाई सुत्केरी गराउन नसकेपछी गाउँपालिकाको पहलमा सेनाको हेलिकोप्टरबाट काठमाडौ पठाईएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

यसअघि पनि गाँउपालीकाको पहलमा विकट भेगमा सुत्केरी हुन नसकेका महिलाहरुको हेलिकोप्टरमार्फत उद्वार गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्