Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ललित स्मृति च्याम्पियनसिप बुधबारदेखि, विजेतालाई तीन लाख


0
Shares

काठमाडौं, जेठ २८ । चौथो संस्करणको ललित स्मृति फुटबल च्याम्पियनसिप बुधबारदेखि सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो १८ वर्षमुनिको प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा बुधबार दिउँसो २ बजे न्यूरोड टिम (एनआरटी) र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

‘लिगकम नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह चरणका विजेता र उपविजेतासहित तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

विजेताले तीन लाख तथा उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको फाइनल खेल आगामी असार ३१ गते हुनेछ ।