
सर्लाही, जेठ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दाइजो प्रथाविरुद्ध एकजुट हुनुुपर्ने बताएका छन् ।
मंगलबार सर्लाहीको हरिपुर नगरपालिकाले आयोजना गरेको इद मिलन कार्यक्रममा उनले दाइजो प्रथाविरुद्ध ‘मुर्दावाद’को अभियान चलाउन आवश्यक रहेको बताए ।
छोरीहरुको जिन्दगी सुन्दर बनाउन उचित शिक्षा प्रदान गर्नुपर्ने र दाइजो प्रथालाई निस्तेज पार्नुपर्ने उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा नेता नेपालले देशलाई समृद्ध बनाउन वैदेशिक रोजगारीमा जानुभन्दा पनि आफ्नै गाउँठाउँमा मिहिनेत गर्नुपर्नेमा जोड दिए ।
ऋण गरेर वैदेशिक रोजगारीमा जाने प्रथाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्