१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चार हजार ६४६ विद्यालय पुनःनिर्माण सम्पन्न


0
Shares

काठमाडौं, जेठ २८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले विनाशकारी ‘गोरखा भूकम्प’बाट क्षति पुगेका सात हजार ९२३ विद्यालयमध्ये चार हजार ६४६ ओटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको जनाएको छ ।

मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा इकाइले एक हजार ६१५ विद्यालय भने निर्माणधीन रहेको जनाएको हो ।

विद्यालय व्यवस्थापन समिति, गैरसकारी संस्था र निर्माण व्यवसायीहरुमार्फत् हाल विद्यालय पुनःनिर्माण भइरहेको छ ।

तीमध्ये ८० प्रतिशतमा नेपाल सरकार र दातृसंस्थाहरुको सहयोगमा र १० प्रतिशतमा गैरसरकारी संस्थाहरुको सहयोगमा काम भइरहेको जानकारी दिइयो ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख इमनारायण श्रेष्ठले विद्यालय पुनःनिर्माण सम्पन्न गर्न अझै ११९ अर्ब रुपैयाँ रकम लाग्ने बताए ।

अबको दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने योजना बनाएको भन्दै उनले पुनःनिर्माणमा स्थानीयको अवरोध तथा जग्गा उपलब्ध नहुनेलगायतका समस्या रहेको बताए ।