सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार • Image Khabar Image Khabar


सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार


Imagekhabar
२२ श्रावण २०७७, बिहीबार १६:०४

सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक, साउन २२ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्