
काठमाडौं, जेठ २८ । त्रिभुवन विश्वविद्यालयले सन् २०२० को नोभेम्बर २२ देखि २४ सम्म वातावरण तथा दिगोपन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
त्रिविले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अमेरिकाका ६ ओटा विश्वविद्यालयसँगको सहकार्यमा काठमाडौंमा सम्मेलन गर्न लागेको जनाएको हो ।
सम्मेलनमा वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, दिगो विकास र वातावरण नीतिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सम्मेलनका लागि नेपाली विज्ञहरुलाई सन् २०२० को मे १५ सम्म आफ्नो प्रस्तुतिको सारांशपत्र बुझाउन आह्वानसमेत गरिएको छ ।
सम्मेलनले नेपाली अनुसन्धानका परिणामहरु अन्तर्राष्ट्रिय विज्ञसमक्ष पुर्याउन र ज्ञानको आदान–प्रदान गराउन सहयोग पुग्ने अपेक्षा लिइएको जनाइएको छ ।
जलवायु परिवर्तनबाट नेपालका हिमालहरुमासमेत असर देखिन थालेकाले नेपालमा सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्