
काठमाडौं, जेठ २८ । नेपाल भाषा मकाः खलःले गुठी विधयकविरुद्ध भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
विधयकले नेवार समुदायलाई आदिभूमिबाट विस्थापित र नेपालकै पहिचान समाप्त पार्ने षडयन्त्र गरेको भन्दै खलःले सबै शक्ति एक ठाउँमा एकीकृतरुपमा उभिन आह्वान गरेको हो ।
खलःका अध्यक्ष दुर्गालाल श्रेष्ठले एकीकृत शक्तिमा जोड दिँदै विधेयकविरुद्धको आन्दोलनप्रति ऐक्यबद्धतामा जोड दिएको बताए ।
खलःले आन्दोलनकाक्रममा भएको प्रहरी हस्तक्षेप र दमनको भर्त्सना गर्दै सो विधेयकविरुद्धको आन्दोलनमा सहयोग र समर्थन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्