
झापा । झापाको मेची प्रादेशिक अस्पतालले आज(विहीबार)देखि कोरोना परीक्षण शुरु गरेको छ ।
प्रदेश नम्बर १ सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा स्थापना गरिएको पीसीआर प्रयोगशालामा आजदेखि परीक्षण थालिएको हो ।
आज पहिलो दिन ५ जनाको नमूना परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिनुभयो ।
समुदाय स्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि ल्याव स्थापना गरिएको र एक पटकमा ९० जनासम्मको स्वाब परीक्षण गर्न सकिने बताइएको छ ।
झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत मेची अस्पतालकै मातहतमा छिट्टै संचालनमा आउने भएको छ ।
यसअघि कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोनाको परीक्षण हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्