
काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले थालेको प्रक्रिया रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोध गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।
लोकसेवा अध्ययनरत विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
लोकसेवा आयोग तयारी संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले समितिको निर्णयविरुद्ध नाराबाजी गरे ।
उनीहरुले आफूहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिए ।
करारमा कर्मचारी नियुक्त गरे लोकसेवा अध्ययनरत विद्यार्थीमाथि अन्याय हुने उनीहरुको भनाइ थियो ।
लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्