१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


भ्यानको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते


0
Shares

मोरङ, जेठ २८ । मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोलाछेउ आज भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय मोहमद जुवेरका १२ वर्षीय छोरा मोहमद जवार छन् । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घाइते भएका सोही ठाँउका १८ वर्षीय मोहमद कैफ र उनकै भान्जा अफसार अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार आज बिहान ६ बजे मे१च ४६०९ नम्बरको भ्यानले पैदल हिडिरहेका तीनै जनालाई एकैसाथ ठक्कर दिएको थियो । चालकलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिइसकेको छ ।