सर्वोच्चका तीनजना सवारी चालकमा कोरोना पुष्टि • Image Khabar Image Khabar


सर्वोच्चका तीनजना सवारी चालकमा कोरोना पुष्टि


Imagekhabar
२१ श्रावण २०७७, बुधबार १५:५६

सर्वोच्चका तीनजना सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका तीनजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीनै जना संक्रमित न्यायाधीशहरुका सवारी चालक रहेको बताइएको छ ।

गत सोमबार सर्वोच्च अदालतका एक सय जनाको स्वाब परीक्षण गरिएको थियो ।

यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यसमध्ये एक जना न्यायाधीश हरिकृष्ण कार्कीका सवारी चालक रहेको बताइएको छ ।

यसअघि सभामुख अग्नि सापकोटाका सुक्षामा खटिएका एक सवारी चालकमा पनि कारोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्