२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मालीमा जातीय समूहले गरेको आक्रमणमा परी एक सय मानिसको मृत्यु


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय मानिसको मृत्यु भएको छ ।

सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् ।

उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।

फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् ।

उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन् ।

यस्ता आक्रमणमा केही जातीय समुदायको संलग्नता रहेको बताइएको छ ।

मालीको सरकारले शंकास्पद आतंककारीहरुले गाउँमा आक्रमण गरेको जनाएको छ ।(एजेन्सी)