१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


गुठी विधेयक फिर्ता नलिए टोल–टोलबाट संघर्ष चर्काउने चेतावनी


0
Shares

काठमाडौं, जेठ २७ । नयाँ गुठी विधेयकले राष्ट्रिय स्वाधिनता नै खतरामा पार्ने अभियन्ताहरुले दाबी गरेका छन् ।

सोमबार काठमाडौको इन्द्रचोकमा आयोजित विरोधसभामा बोल्नेहरुले नेताहरुले विश्वास गुमाउँदै गएको भन्दै धर्म–संस्कृतिको माया नहुनेहरुले देशै बेच्नसक्ने बताए ।

‘होली वाइन’को प्रभावमा परेर मौलिक धर्म र संस्कृतिसँग प्रत्यक्ष र गहिरो सम्बन्ध भएको गुठी प्रणाली ध्वस्त पार्न खोजिएको आरोप पनि उनीहरुले लगाएका छन् ।

मौलिक धर्म, संस्कृति र राष्ट्रिय स्वाधिनता रक्षाका लागि सबै एक हुनुपर्ने भन्दै वक्ताहरुले विधेयक खारेज नगरेसम्म सांस्कृतिक आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

विरोधसभामा खसान राष्ट्रिय संर्घष समितिका प्रेमबहादुर खातीले गुठी प्रणाली नेवार समुदायकोमात्र नभएको भन्दै नेपालकै पहिचानसँग जोडिएको बताए ।

उनले यो आन्दोलनमा सबै नेपालीले साथ दिनुपर्ने भन्दै नभए देशको अस्तित्व नै संकटमा पर्ने बताए ।

सरकारले गुठी विधेयक तत्काल फिर्ता नलिए टोल–टोलबाट संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनी पनि सरोकारवालाहरुले दिएका छन् ।