२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बिचौलिया दाजुभाइको अस्वभाविक पहुँच: जसले नेकपाभित्र भाँडभैलो मच्चाइरहेका छन्


0
Shares

politics

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ३ गते दुईखाले सहमतिको मस्यौदा बन्यो–एउटा देखाउने, अर्को लुकाउने ।

सार्वजनिक गर्ने मस्यौदामा मंसिरमा पार्टीको ‘अर्ली’ महाधिवेशन गर्ने र त्यसले सहमतिमै नेतृत्व चयन गर्ने उल्लेख थियो ।

दुई अध्यक्षबीच साझा धारणा बनाइराख्ने तर तत्काल सार्वजनिक नगर्ने अर्को सहमतिपत्रको मस्यौदामा भने महाधिवेशनमा दाहाल अध्यक्ष हुने, ओलीले समर्थन गर्ने, अर्को कार्याकालमा दाहाल प्रधानमन्त्री हुने, ०७८ को बजेटपछि चुनावी सरकारको नेतृत्व पनि दाहालले गर्ने भनिएको थियो ।

नेताहरुबीच यो समझदारी गराउन एक गैरराजनीतिक व्यक्ति सक्रिय थिए । ती हुन, बिचौलिया दीपक भट्ट जसका दाइ सुशील भट्टलाई अयोग्य पुष्टि गर्ने थुप्रै प्रमाणका बाबजुद सरकारले सोमबार ४ बर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।

नेताहरुले साउन २ गते सहमति गर्ने भनेर ४ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगन गरेर ३ गतेलाई सचिबालय बैठक आब्हान गरेका थिए ।

सहमतिका लागि कार्यदलले तयार पारेको प्रस्तावले खास आकार ग्रहण गर्न सकको थिएन ।

‘कार्यदलका सदस्यहरुले एक खालको खाका तयार पारिरहेका थिए, कुरा यता टाल्दा उता भत्किने, उता टाल्दा यता भत्किने भइरहेको थियो,’ नेकपाका एक नेताले भने, ‘दीपक भट्टचाहिं स्थायी कमिटि सदस्यहरुलाई फोन गरेर तपाइँहरु चिन्ता नगर्नुहोस, दुई अध्यक्ष मिल्नुहुन्छ, म सबै मिलाउँदै छु भन्दै हिंडनुहुँदो रहेछ, मैलाई पनि उहाँको फोन आएको थियो ।’ -कान्तिपुर दैनिकबाट