२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


कन्टेनर व्यवसायी आन्दोलित


0
Shares

रसुवा, जेठ २७ । रसुवागढी नाका हुँदै केरुङ चल्ने कन्टेनर व्यवसायीहरु आन्दोलित भएका छन् ।

प्रशासनले पहिले आउने कन्टेनरलाई केरुङ सामान लिन पहिला नै पठाउने व्यवस्था लागू गरेपछि त्यसको विरोध गर्दै व्यवसायीहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले आन्दोलनको घोषणा गर्दै कन्टेनर केरुङ नपठाउने घोषणा गरेका छन् ।

प्रशासनले सोमबारबाट पहिले आउने कन्टेनरलाई केरुङ सामान लिन पहिला जाने व्यवस्था गरेको थियो ।

लामो समयसम्म केरुङमा बस्नुपर्दा पार्किङ खर्च बढ्ने, बाटो साँगुरो भएकाले पहिरोको जोखिम मोल्नुपर्ने, सवारीजाम तथा प्रहरी ज्यादती बढेको भन्दै कन्टेनर व्यवसायीहरुले केही समयअघिमात्र पालो प्रणाली गरी कन्टेनर सन्चालनको प्रक्रिया मिलाएका थिए ।

चिनियाँ सामान लिनका लागि रसुवागढी नाकाबाट दैनिक १०० कन्टेनरहरु केरुङ जाने गरेका छन् ।

प्रशासनले भने पहिले आउनेलाई पहिला जाने प्रणाली गरेकाले व्यवसायीहरुलाई मर्का नपर्ने बताएको छ ।