२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ


0
Shares

काठमाडौं, जेठ २७ । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी पक्राउ परेका छन् ।

पाकिस्तान पिपल्स् पार्टीका सहप्रमुख रहेका जर्दारीलाई राष्ट्रिय सतर्कता केन्द्रले पक्राउ गरेको हो ।

इस्लामावादको उच्च अदालतले सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जर्दारी र उनकी बहिनी फरयाल तालपुरको ‘जमानत याचिका’ खारेज गर्दै पक्राउ गर्न आदेश दिएको थियो ।

जर्दारी र तालपुर सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्य अभियुक्त मानिएका छन् ।

उनीहरुमाथि अवैध बैंक खाता र मुलुकबाहिर चार अर्ब चार करोड भारु रुपैयाँ पठाएको आरोप छ ।

जर्दारीसँग उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिने विकल्प बाँकी छ । (एजेन्सी)