
विराटनगर, जेठ २७ । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोग संविधानबमोजिम कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन स्वतन्त्र रहेको भन्दै सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गदै उनले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवाले अघि बढाएको प्रक्रिया पनि संविधानसम्मत् रहेको बताए ।
कर्मचारी भर्ना प्रक्रिया संविधानविपरीत र समावेशी सिद्धान्तबाहिर रहेको भन्ने कुरामा सत्यता नरहेको पनि मन्त्री पोखरेलले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्