
काठमाडौं, जेठ २७ । विश्वव्यापी मुद्दालाई स्थानीय प्रयासबाट पनि सम्बोधन गरिनुपर्ने भन्दै काठमाडौंमा सोमबारदेखि दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा विपद् व्यवस्थापन, ऊर्जा र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा स्थानीय तहको भूमिकालाई कसरी प्रभावकारी बनाउनेबारे छलफल भइरहेको छ ।
भूकम्पपछिको विपद् व्यवस्थापनमा नेपालले गरेको प्रगतिकाबारे पनि सहभागीहरुले चर्चा गर्दैछन् ।
सम्मेलनमा नेपाल, भारत, चीन, बगंलादेशलगायत ८ देशका स्थानीय तहका करिब १०० जना प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्