२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युनुस ग्रुप सुन तस्करीमा, जेलबाटै योजना


13
Shares

काठमाडौं । भारतीय नक्कली नोट तस्करी प्रकरणमा युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको छ ।

नेपालमा लकडाउन हुनु केही समयअघि पाकिस्तानबाट काठमाडौं आएका इल्ताफ हुसेनले त्यसको नेतृत्व गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भातरतर्फ सुन तस्करीमा सहयोग गरेका थिए ।

गत मंगलबार विहान दरबारमार्ग प्रहरी बृत्तले काठमाडौंको सुन्धाराबाट नक्कली सुनको पोको बरामद भएपछि युनुसले जेलबाट योजनाबद्ध ढंगबाट सुन तस्करीमा आफ्ना सहयोगीलाई परिचालन गरेको खुलेको हो ।

भारतीय नक्कली नोटको कारोबारमा सजाय भोगिरहेका अन्सारीले हुसेनलाई सुन तस्करीको जिम्मा दिएको स्रोतको दाबी छ । -नागरिक दैनिकबाट