विराटनगरमा कोरोनाबाट एकजनाको मृत्यु • Image Khabar Image Khabar


विराटनगरमा कोरोनाबाट एकजनाको मृत्यु


Imagekhabar
१९ श्रावण २०७७, सोमबार १९:१६

विराटनगरमा कोरोनाबाट एकजनाको मृत्यु

विराटनगर, साउन १९ । विराटनगरमा कोरोनाबाट सोमबार एकजनाको मृत्यु भएको छ ।

कोशी अस्पतालको आइसोलेसनमा विराटनगर–५ का ७७ वर्षिय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

स्वासप्रश्वासको समस्या भएर सोमबार अस्पताल पुगेका ती वृद्धको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा दिउँसो मृत्यु भएको हो ।

मृत्यु पछिमात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनी मधुमेह रोगबाट पीडित थिए । चार दिनयता उनलाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।

यसैगरि मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको पनि सोमबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्