२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१९ औं शताब्दीमा निर्माण गरिएको पानी जहाज जर्मनीको एल्बे नदीमा डुब्यो


0
Shares

काठमाडौं । १९ औं शताब्दीमा निर्माण गरिएको र हालै ठूलो रकम खर्च गरेर मर्मत गरिएको एउटा पानी जहाज जर्मनीको एल्बे नदीमा डुबेको छ ।

‘नम्बर फाइभ स्कूनर’ नाम गरेको पानी जहाज सामान बोक्ने अर्को पानी जहाजमा ठोक्किएर डुबेको हो ।

सो जहाज हालै मात्रै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत गरिएको थियो ।

जर्मनीको उत्तरी शहर ह्यामबर्गस्थित एल्बे नदीमा पानी जहाज डुब्बा केही घाइते भएका छन् ।

पानी जहाजमा रहेका सबै ४३ जनालाई नजिकै रहेको डुंगाको सहयोगमा उद्धार गरिएको बताइएको छ । यो जहाज सन् १८८३ मा निर्माण भएको थियो ।(एजेन्सी)