अफगानिस्तानमा तालिवानी लडाकूका सैन्य गतिविधि जारी, शान्ति संझौता विपरीत व्यक्ति हत्या र आक्रमण • Image Khabar Image Khabar


अफगानिस्तानमा तालिवानी लडाकूका सैन्य गतिविधि जारी, शान्ति संझौता विपरीत व्यक्ति हत्या र आक्रमण


Imagekhabar
१९ श्रावण २०७७, सोमबार १०:१०

अफगानिस्तानमा तालिवानी लडाकूका सैन्य गतिविधि जारी, शान्ति संझौता विपरीत व्यक्ति हत्या र आक्रमण

काठमाडौं । अफगानिस्तानमा तालिवानी लडाकुहरुले शान्ति सम्झौताविरीतका गतिविधि अझै जारी राखेका छन् ।

गत फेब्रुअरीम भएको शान्ति सम्झौता भएपनि त्यसको अझै पूर्ण रुपमा पालना नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।

तालिवानी लडाकू र अन्य विद्रोही समूहले गत जुलाइमा सैनिक र गैरसैनिकहरुमाथि श्रृंखलावद्ध हमलामा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

हमलामा परेर कयौं सर्वसाधारण घाइते भएका थिए । विद्रोहीको हमलामा परेर विभिन्न स्थानमा सरकारी अधिकारीहरुसहित सर्वसाधारणको मृत्यु हुने क्रम बढेसँगै अन्तर्राष्ट्रिय रुपमा अफगानिस्तानको शान्ति प्रक्रियाको बारेमा चिन्ता व्यक्त हुन थालेका छन् ।

विद्रोहीको आक्रमण जारी रहेपछि सरकारी सैनिक फौजले पनि सुरक्षा गस्ती बढाउनका साथै विद्रोहीका केही लडाकूलाई नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

यता संयुक्त राष्ट्रसंघको सहायक मिसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा सन् २०२० मा आक्रमण र हत्याका घटनामा १३ प्रतिशतले कमि आएको छ ।

राष्ट्रसंघको प्रतिवेदनअनुसार विस्फोटक पदार्थका कारण अधिकांशको मृत्यु भएको हो ।

विशेषगरी धार्मिक नेता, स्वास्थ्यकर्मी, न्यायपालिकाका सदस्य, नागरिक समाजका सदस्य, गैरसकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरु विद्रोहीको निशानामा परेका राष्ट्रसंघको प्रतिवदेनमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्