Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


युएफा नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले जित्यो, नेदरल्याण्ड्स पराजित


0
Shares

काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले युएफा नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलको पोर्टोमा गएराति भएको खेल जित्दै पोर्चुगल नयाँ ढाँचाको युरोपियन फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन बन्यो ।

फाइनल खेलमा युवा टोली नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्न गोन्कालो गुएडेसले निर्णायक गोल गरे ।

योसँगै क्रिश्चियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन् ।

रोनाल्डोकै कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप फुटबलको उपाधि जितेको थियो ।

युएफा नेसन्स लिग फुटबल प्रतियोगितामा इङ्ल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।

गएराति नै भएको प्ले–अफमा स्विजरल्याण्डलाई सडन डेथमा हराउँदै इङ्ल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पोर्चुगलका बर्नार्डो सिल्भा घोषित भए ।