१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


कृषिमा बजेट कम भएको मन्त्रीकै गुनासो


0
Shares

काठमाडौं, जेठ २६ । कृषिमा बजेट कम भएको कृषि मन्त्रीले नै गुनासो गरेका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउँदै नेपालमा कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने बताएका हुन् ।

आइतबार राजधानीमा भएको कार्यक्रममा मन्त्री खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याईएको बताए । विनियोजित बजेट न्यून भएको उनको गुनासो थियो ।

छुट्याइएको बजेट कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको मन्त्री खनालले बताए । केही चिनिएका कृषि उत्पादनहरु जस्तो माछा, खसी–बोका र दुधमा निकट भविष्यमा मुलुक आत्मनिर्भर हुने लक्ष्य अनुसार सरकारले कार्यक्रम अघि सारेको उनले बताए  ।

मलमा कालोबजारी हुन गरेको कुरामा केही सत्यता रहेको स्वीकार्दै मन्त्री खनालले मलको कालोबजारी गर्नेलाई सरकारले नछाड्ने दाबी पनि गरे ।