काठमाडौं, जेठ २६ । आगामी असार १७ गते काठमाडौंमा आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको तयारी तीव्र भइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
खेलकर्मीहरुको उत्साह भर्ने सो अवार्डका लागि प्रायोजकको साथ पनि बढ्दै गइरहेको छ । सोही क्रममा आइतबार किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टारले आठ लाख नगदसहित ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्ने सम्बन्धमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र किरण सु म्यानुफ्याक्चरकी निर्देशक विदुषी राणाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै विभिन्न विधाका मनोनयनमा परेका खेलाडी र विजेतालाई गोल्डस्टार उत्पादकले आफ्ना उत्पादन सामग्रीसहितको गिफ्ट ह्याम्परसमेत उपलब्ध गराउने छ ।
विभिन्न १० विधामा हुने पुरस्कार अन्तर्गत पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला र वर्ष प्रशिक्षकले जनही पल्सर मोटरसाइकल उपहार पाउने छन् भने युवावर्ष खेलाडी, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर तथा इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।








प्रतिक्रिया दिनुहोस्