
काठमाडौं, जेठ २६ । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।
बजार परिसूचक नेप्से करिब ५ अंकले ओरालो लागेर १२८४ कायम भएर थामियो । यस दिन कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लाग्यो ।
जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक, वाणिज्य बैंक, व्यापार, लघुवित्त समूह ओरालो लागे भने अरु समूह सामान्य अंकले हरियो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीको १८ लाख ६० हजार कित्ता शेयर ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्