१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


गुठीसम्बन्धी विधेयकको विरोधमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप (भिडियो)


0
Shares

काठमाडौं, जेठ २५ । सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी संशोधन गर्न बनेको विधेयकको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा विधेयक खारेजको माग गर्दै आइतबार भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट भक्तपुरका महेश कारंजित, सजिव बज्राचार्य र अर्का एक जना घाईते भएका छन् ।

प्रहरीले पानीको फोहोरा समेत प्रहार गरेको थियो । प्रदर्शनमा उत्रिएका डा.महेशमान श्रेष्ठ र अधिवक्ता अनिस वैद्यलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले विधेयक फिर्ता लिन आग्रह गर्दै सार्वजनिक जग्गा व्यक्तिको बनाउनकै लागि विधेयक ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

यता नेवा देय् दवु, नेपाल गुठी संरक्षण पुच, नेपाल भाषा मंका खलले प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । मंका खलका सचिव नरेशवीर शाक्यले प्रहरी दमनको विरोध गर्दै अब सांस्कृतिक आन्दोलनको विकल्प नरहेको बताए ।

दवुका अध्यक्ष नरेश कुमार ताम्राकारले मौलिक धर्म संस्कृति ध्वस्त गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

सरकारले गुठीको स्वामित्व नै लोप हुने गरी राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले गुठीसम्बन्धी कानुनमा संशोधन गर्न खोजेको छ । सरोकारवाला भने सरकारले विधेयक फिर्ता लिनु पर्ने बताउँदै आएका छन् ।

भिडियो हेर्नुहोस्