
-दीपक श्रेष्ठ/ईमेज
ललितपुर । करिब १६ सय वर्षदेखि चल्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाखको शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । यो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहँदै आएको छ ।
मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ ।
जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङ्मतीस्थित उनकै मन्दिरमा पुर्याउने चलन छ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्