Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि आस्ले बार्टीले जितिन


0
Shares

काठमाडौं । यस वर्षको फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि अस्ट्रेलियन खेलाडी आस्ले बार्टीले जितेकी छन् ।

फ्रान्सको रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोन्द्रोसोेभालाई हराउँदै बार्टीले करियरको पहिलो ग्रान्ड–स्लाम उपाधि जितेकी हुन् ।

भोन्द्रोसोेभा विरुद्धको खेल आठौं वरियताकी बार्टीले ६–१ र ६–३ को सोझो सेटमा जितिन् ।

योसँगै बार्टी सन् १९७३ पछि फ्रेन्च ओपन जित्ने पहिलो अस्ट्रेलियन महिला बनेकी छन् ।

सन् २०१४ मा टेनिस खेल छाडेर क्रिकेटमा लागेकी बार्टी यसको १७ महिनापछि पुनः टेनिसमै फर्किएकी थिईन् ।