
काठमाडौं । काठमाडौंको पर्यटकीय ‘हब’ ठमेलमा क्रियाशिल ‘ठमेल पर्यटन विकास परिषद’को अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी भएका छन् ।
शनिबार साँझ सम्पन्न निर्बाचनमार्फत राणाले ३३३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी अर्जुनलाल प्रधानले २१३ र समिर गुरुङले ३६ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा राजुमान डंगोल, भविश्वर शर्मा र गीता गुरुङ विजयी भएका छन् । राणाकै प्यानलबाट उम्मेदवार बनेका ध्रुव अधिकारी महासचिबमा विजयी भए । सचिवमा बद्रि प्रसाद तिमिल्सिना विजयी भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा पुण्यराम लगेजुले बाजी मारे । सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र दुलाल, केशव बस्नेत, सुरेन्द्र श्रेष्ठ(राजन), कर्मा घले, स्वप्नील शर्मा, रुपेश गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ विजयी भएका छन् ।
ठमेलका पर्यटन व्यवसायीहरूको छाता संगठन परिषदमा करीव आठसय सदस्य आवद्ध छन् ।
परिषदको चुनावमा कुनै राजनीतिक दलनिकटको प्यानल तयार नगर्ने चर्चा रहेपनि चुनावको मुखमा प्रष्ट रुपमा दलनिकट प्यानल खडा भएको थियो ।
निर्बाचनमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानल बनाएर चुनाव लडेका राणाको समूहले बहुमत हासिल गरेको हो ।
नेकपा निकट बाम प्यानल बनाएर मैदानमा उत्रिएको प्रधान समूहले भने लज्जास्पद हार ब्यहोरेको छ ।
प्रतिक्रिया दिनुहोस्