
काठमाडौं, जेठ २५ । शनिबारदेखि कोरियन भाषा परीक्षा सुरु भएको छ ।
यस वर्ष कोरियन भाषा परीक्षामा ९२ हजार २३७ जना सहभागी भएका वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।
शनिबार र आइतबार दुई दिन काठमाडौं उपत्यकासहित पोखराका विभिन्न ठाउँबाट कोरियन भाषा परीक्षा दिने व्यवस्था गरिएको शाखाले जनाएको छ ।
दक्षिण कोरियाले सन् २००८ देखि कृषि र उत्पादनमूलक क्षेत्रमा कामदार लैजान थालेको हो ।
कोरिया रोजगारीका लागि सुरक्षित रहेको र कमाइ पनि राम्रो हुने गरेकाले कोरियातर्फ आकर्षण बढेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।
सरकारीस्तरबाटै गरिएको व्यवस्थाको कारण युवाहरुको रोजाइ कोरिया भएको इपीएस शाखा प्रमुख कृष्णप्रसाद खनालले बताए ।
कोरिया भाषा परीक्षामा सहभागीहरु भने देशमै रोजगारी पाए आफूहरु विदेशिन नपर्ने बताउँछन् ।
अझ भाषा परीक्षा पास गरेर पनि रोजगारीमा जान पाउने ग्यारेन्टी नहुँदा सर्वसाधारण थप मर्कामा परेको गुनासो गरेका छन् ।
आन्तरिक रोजगारी सिर्जना गर्ने नीति लिएको सरकारले वैदेशिक रोजगारीमा पठाउन विभिन्न सम्झौता गर्नुभन्दा रोजगारी तथा सीप विकासको ठोस कदम चाल्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्