
काठमाडौं, जेठ २५ । नेपाल बंगलादेश बैंकले २५औं वार्षिकोत्सव मनाएको छ ।
बैंकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी रजतजयन्ती मनाएको हो ।
तीन करोड रुपैयाँबाट सुरु गरेको बैंकको पुँजी ८ अर्ब पुगिसकेको छ ।
बैंकले आफ्नो सेवा विस्तारलाई प्रभावकारी बनाउने जनाएको छ ।
आगामी वर्ष १० ओटा शाखा विस्तार गरी सेवा विस्तार गर्दै थप प्रभावकारी बनाउने प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।
बैंकले २५औं वर्ष पूरा गरेको अवसर पारेर २० जना कर्मचारीहरुलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्