‘राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन’ • Image Khabar Image Khabar


‘राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन’


Imagekhabar
१५ श्रावण २०७७, बिहीबार १५:४३

‘राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन’

काठमाडौं, साउन १५ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पूरा नहुने र गुणस्तरीयरुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ ।

वर्षौंदेखि निर्माण सुरु भएका गौरवका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुनसकेका छैनन् ।

राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेलले आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउनुभयो ।

गौरवका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो, त्यो गतिमा हुन नसकेकोले यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

आयोजना निर्माणमा अहिले वातावरणीय मूल्यांकन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उहाँले बताउनुभयो ।

विभिन्न मन्त्रालयका सचिवहरुले स्रोतको समस्याका कारण गौरवका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले ‘लकडाउन’का कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्