बुटवल, जेठ २५ । प्रदेश नम्बर–५ को सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकले संसद विकास कोषको व्यवस्था नगर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
बैठकले संसद विकास कोषका नाममा कुनैपनि रकम आगामी बजेटमा विनियोजन नगर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
प्रदेश–५ मा सत्तारुढसहित अधिकांश सांसदहरुले कम्तीमा तीन करोड रुपैयाँ रकम सांसदलाई दिनुपर्ने बताउँदै आएका थिए ।
नेकपा संसदीय दलको बैठकले सांसदलाई रकम दिने कुरा संघीयताविरोधी हुने भन्दै त्यस्तो व्यवस्था रोक्न सरकारलाई आग्रह गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्