
सर्लाही, जेठ २५ । व्यावसायिकरुपमा माछापालन भइरहेको सर्लाहीको पूर्वी भेगका किसानलाई माछा बिक्री गर्ने चटारो सुरु भएको छ ।
जिल्लाका भक्तिपुर, चन्द्रनगर, ब्रह्मपुरी, वसन्तपुरलगायतका क्षेत्रमा उत्पादन भइरहेको माछा वीरगन्ज, हेटौंडा, सिन्धुली, विराटनगर, काठमाडौंसहित देशका प्रमुख सहरहरुमा निर्यात हुने गरेको छ ।
जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालको माछा पाँच वर्षका लागि पाँच करोड रुपैयाँमा ठेक्का लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद भट्टराईले जानकारी दिए ।
नाढीतालमा यो वर्ष पाँच किलोसम्मका माछा उत्पादन भएको छ । माछा निकाल्न भारतबाटसमेत कामदार आएका छन् ।
कमलकाठ, ग्रास, नैनी, सिल्भर, विझट जातका माछा पोखरीबाटै प्रतिकिलो ३०० रुपैयाँसम्ममा बिक्री भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्