१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


१२औं सूचक सम्मान प्रदान


0
Shares

काठमाडौं, जेठ २५ । सूचक प्रकाशनले समाजसेवी, कलाकार, साहित्यकारसमेत गरी ६ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

शनिबार राजधानीमा सम्यक सन्देशको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई १२औं सूचक सम्मान प्रदान गरिएको हो ।

सूचक पद्मादेवी पुरस्कार भिक्षुणी शान्तिवती गुरुमालाई प्रदान गरिएको छ ।

यस्तै, सूचक कृष्णबहादुर समाजसेवा पुरस्कार बखतबहादुर चित्रकारलाई प्रदान गरियो ।

बौद्ध अभियन्ता श्यामलाल चित्रकारलाई सूचक सम्मानबाट सम्मानित गरिएको छ ।

सूचक रत्न पुरस्कार वरिष्ठ धातुपत्र कलाकार राजकुमार शाक्य, सूचक लिली महिला पुरस्कारबाट महिला अधिकारवादी नम्रता शर्मा र सूचक पत्रकारिता पुरस्कारबाट पत्रकार तथा साहित्यकार भगवती बस्नेतलाई सम्मान गरिएको छ ।