
सर्लाही । सर्लाहीमा सुरु गरिएको जनता आवास निर्माण अभियान अधुरो बनेको छ ।
विपन्न दलित समुदायका लागि दुई वर्षअघि सुरु गरिएको जनता आवास निर्माण अभियान अधुरै बनेको हो ।
जनता आवासका कुनै पनि घरको निर्माण कार्य पुरा भएको छैन ।
एक वर्षभित्र २ लाख ५० हजारमा जस्ताले छाएको पक्की घर बनाउने उल्लेख भए पनि दुई वर्षमा पनि घर निर्माण नहुँदा लाभग्राही निराश बनेका छन् ।
बरहथवा नगरपालिका–१५, प्रिपाभित्ताका स्थानीयले सरकारले २०७४ सालमा निःशुल्क घर निर्माण गर्न सुरु गर्दा खुशी भए पनि आधा काम मात्रै गरेर छाडेको गुनासो गरेका छन् ।
उनीहरु अहिले अधुरो घरमा फुसको छानो हालेर बस्न थालेका छन् । जनता आवासअन्तर्गत सर्लाहीमा अघिल्लो आर्थिक वर्षमा १ हजार घर निर्माणको योजना परेको थियो ।
घर निर्माणको जिम्मा पाएको तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरले सबै घर निर्माण गरी हस्तान्तरण गरेको दाबी गर्दै आएको थियो ।
तर कुनै पनि घरको निर्माण कार्य पुरा भएका छैनन् । हाल प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत जनता आवास कार्यक्रम आएको छ ।
प्रदेश सरकारको मातहतमा आएपछि कर्मचारी नै आउन नमानेको र कार्यक्रमबारे केही थाहा हुन नसकेको हाल जनता आवास कार्यक्रमअन्तर्गत लाभग्राही छान्ने समितिकी संयोजक प्रदेशसभा सदस्य मीरा साहले बताइन ।
प्रतिक्रिया दिनुहोस्