Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रफायल नदाल फ्रेन्च ओपन टेनिसको उपाधि नजिक


0
Shares

काठमाडौं । स्पेनिस खेलाडी रफायल नदाल फ्रेन्च ओपन टेनिसको उपाधि नजिक पुगेका छन् ।

गएराति भएको सेमिफाइनलमा स्वीस खेलाडी रोजर फेडेररलाई पराजित गर्दै नदाल उपाधि नजिक पुगेका हुन् । पेरिसमा भएको सेमिफाइनलमा नदालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।

अब नदालले उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिक र डोमिनिक थिमबीचको विजेतासँग खेल्नेछन् ।

यस्तै महिलातर्फको उपाधिका लागि एस्लेघ बर्टी र मार्केटा भोन्द्रुसोभाबीच प्रतिस्पर्धा हुनेछ  ।