१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


पाँचथरमा विमानस्थल नबन्ने भएपछि स्थानीय निरास


0
Shares

पाँचथर । पाँचथरमा विमानस्थल नबन्ने भएपछि स्थानीय निरास भएका छन् ।

स्थानीयको सर्वाधिक चासो रहेको स्याउडाँडा हवाई मैदान निर्माणलाई आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले पनि नसमेटेपछि यो विमानस्थल नबन्ने लगभग निश्चित भएको हो ।

दुई पटक सम्भाव्यता अध्ययन भए पनि निर्माण चरणमा भने पुग्न सकेन ।

९ वर्षअघि २०६७ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हवाइ मैदानलाई पुनः सम्भाव्यता अध्ययन गर्ने कार्य गत जेठमा नागरिक उड्यन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले गरेको थियो ।

स्याउडाँडा हवाइ मैदानका लागि उचित स्थान भएको यकिन भएपछि हवाई मैदान निर्माणका लागि स्थानीयले ३०० रोपनीमध्ये एक सय रोपनी जग्गा निःशुल्क र बाँकी प्रतिरोपनी १० हजार रुपैयाँका दरले उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।