पोखरा, जेठ २४ । चौथो टीभीएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ मा युकेश गुरुङ र सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् ।
शुक्रबार पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च गन्डकीले आयोजना गरेको कार्यक्रममा पाराग्लाइडिङका युकेश गुरुङले पुरुषतर्फ वर्ष खेलाडी हुँदै एउटा टीभीएस अपाचे मोटरसाइकल प्राप्त गरे ।
यस्तै, फुल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी हुँदै एउटा वीगो स्कुटर प्राप्त गरिन् ।
वर्षको चर्चित खेलाडी बन्दै सुटिङकी श्रेया केसीले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
यस्तै, उदीयमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमाल र वर्षको उत्कृष्ट प्रशिक्षक फुल कन्ट्याक्ट कराँतेका दीपक गोदार बने । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
कार्यक्रममा बक्सिङका चित्रबहादुर गुरुङलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो ।
पत्रकार विनोद लामिछानेलाई २० हजार रुपैयाँसहित पुरस्कृत गरियो ।
जिल्ला बास्केटबल संघ कास्कीलाई वर्षको उत्कृष्ट खेल संघ अवार्ड र १५ हजार रुपैयाँसहित सम्मान गरियो ।








प्रतिक्रिया दिनुहोस्