Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, साउन १३ । सर्वोच्च अदालतले चितवनको माडीमा निकुञ्ज आसपास बसोबास गदै आएका चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश आन्नद मोहन भट्टराईको एकल ईजलासले,जुरी नेपालले चेपाङहरुको घर जलाउने र विस्थापन गर्नेहरुलाई फौजदारी कारवाहीको माग गर्दै दायर भएको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश भट्टराईको इजलासले १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन प्रधानमन्त्री कार्यालय,वन मन्त्रालय लगायतलाई आदेश गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश गरेको छ ।

जुरी नेपालले दायर गरेको रिटमा सरकारका निकायहरुले उक्त क्षेत्रका मानिसहरुलाई उठिबास लगाउन सक्ने प्रवल सम्भावना भएको तथा भूमिहीन,सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकहरु जबरजस्ती उठिबासको ठूलो त्रासमा बसिरहेकाले अन्तरिम आदेश जारी गर्न माग गरेको थियो ।